‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ नाममा चलचित्र बन्ने

अशोक दर्जीलाई गायकका रुपमा स्थापित गरेको गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ कै नाम राखि चलचित्र बन्ने भएको छ । यसै गीतका संगीतकार टंक बुढाथोकीले चलचित्र निर्माण गर्न लागेका हुन् । आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ ।
बुढाथोकीकै निर्देशन रहने चलचित्रमा लक्ष्मी गिरि कार्यकारी निर्माता र बिनय अधिकारी सह निर्माता रहने छन् । सामाजिक कथा रहने जनाइएको चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीले अभिनयमा डेब्यु गर्दैछन् । यस्तै रमेश बिकको पनि प्रमुख भूमिका रहने जनाइएको छ ।
बुढाथोकीकै कथा रहेको चलचित्रको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन् । तिहार लगतै छायांकनमा जाने चलचित्रको नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल हुने जनाइएको छ ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal