‘लभ स्टेशन’को गीत ‘मेरो आँगनी’मा सार्वजनिक

चलचित्र ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ । सोमबार भिडियो साझेदारी सञ्जाल युट्युब मार्फत ‘मेरो आँगनी’मा बोलको गीत सार्वजनिक गरिएको हो । निर्देशक उज्ज्वल घिमिरेको शव्द रहेको गीतमा शम्भुजीत बासकोटाको संगीत र सुरेश लामाको स्वर रहेको छ ।
गीतमा प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ । चलचित्रमा लोक व्याण्डको भोकलिस्टका रुपमा प्रदिपले अभिनय गरेका छन् । चलचित्रमा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतका कालाकारको अभिनय रहेको छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।
चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत, आलोक शुक्लाको छायाँकन, अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal