Mansara

‘लभ स्टेशन’ चैत २२ बाट प्रदर्शन हुने

२०७५ माघ २१
‘लभ स्टेशन’ चैत २२ बाट प्रदर्शन हुने

चलचित्र ‘लभ स्टेशन’ २२ चैतबाट प्रदर्शन हुने भएको छ । छायाँकन शुरु गर्दा फागुन अन्तिम साता चलचित्र प्रदर्शन हुने बताइएको थियो तर छायाँकन सकिएपछि प्रस्तुतकर्ता गोबिन्द शाहीले चैत्र १ गतेका लागि चलचित्रको प्रदर्शन मिति तय गरेका थिए । एक दिनमै उक्त निर्णयबाट पछि सरेका उनले चैत्र ८ वा चैत्र २९ मा चलचित्र हुने बताए पनि आधिकारिक घोषणा गर्न सकेका थिएनन् । अब भने चलचित्रले चैत्र २२ लाई प्रदर्शन मिति लक गरेको हो ।

उज्ज्वल घिमिरे निर्देशित चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भुमिका रहेको छ । लभ स्टोरी चलचित्र नेपाल सहित दार्जलिङमा छायाँकन गरिएको छ भने एक गीतको छायाँकन भियतनाममा गरिएको छ । भियतनामको विभिन्न सुन्दर स्थानमा हालैमात्र गीतको छायााकन सकेर नेपाल फर्के लगत्तै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो ।

चलचित्रमा समावेश भएको ‘घाम जुन नै चाहिँदैन’ बोलको रोमान्टिक गीतको छायाँकन भियतनाममा गरिएको हो । उक्त गीत भ्यालेन्टाईन डेको अबसर पारेर फागुन २ गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाईलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही ९क्रिसु० र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतका कलाकारको अभिनय रहेकोछ । आलोक शुक्लाको छायाँकन रहेको चलचित्रमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

Mahajatra