‘लोभीपापी’को ‘डार्लिङ’मा जयकिशन र अस्मिता

चलचित्र ‘लोभीपापी’को गीत ‘डार्लिङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रिना तिमिल्सिना र ओम सुनारको स्वर, ओमकै शब्द र संगीत छ । रोशन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा जयकिशन बस्नेत र अस्मिता जुरेली फिचर्ड छन् ।
चलचित्रमा जयकिशन बस्नेत, रोशन श्रेष्ठ, अस्मिता जुरेली, किरण बानियाँ, टेकेन्द्र न्यौपाने, विशाल पहाडीको लगायतका कलाकारको अभिनय रहेको छ ।
अमन मियाँ र सत्यम अधिकारी निर्माता रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द्व, बन्दे प्रसादको सम्पादन र जय दर्लामी मगरको छायांकन छ । चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् ।
मोसन स्टुडियोमा पोस्ट प्रोडक्सन भइरहेको चलचित्रको प्रस्तुतकर्ता मोसन स्टुडियो नै हो ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal