‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक, यस्तो देखिइन बेनिषा

२०८२ जेष्ठ २५
‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक, यस्तो देखिइन बेनिषा

चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा नायिका बेनिषा हमाललाई प्रस्तुत गरिएको छ ।

निलो लाइटको संयोजन रहेको पोस्टरमा उनलाई बारको सेटअपमा देखाइएको छ । पोस्टरले चलचित्र रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथामा आधारित भएको संकेत गरेको छ ।

बलिराम चौहानको निर्देशन रहेको चलचित्रको छायाँकन जारी छ । चलचित्रमा बेनिषासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्र स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको छ । चलचित्रको सह–निर्माता रमन ग्रे रकार्यकारी निर्माता नरेन्द्र मैनाली र बेनिषा हमाल हुन् । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन रहेको छ ।