‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज

चलचित्र ‘लण्डन टु पेरिस’को पहिलो गीत ‘खुल्ला आकाश’ रिलिज गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर रहेको छ । गीतको भिडियोमा डेव्यु अभिनेता निश्चल खड्कासँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । लण्डनमा खिचिएको गीतका रमणीय दृश्यले दर्शकको मन जित्ने विश्वास निर्माण टिमको छ ।
चलचित्रमा साम्राज्ञी र निश्चलका साथै कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको प्रमुख भूमिका रहेको छ । ट्राभल लभस्टोरीको कथा भन्ने चलचित्रलाई प्रदीप भारद्धाजले लेखेका हुन् । घनश्याम लामिछाने निर्देशित चलचित्रका निर्मातामा अमित बस्नेत, आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना रहेका छन् ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal