चलचित्र ‘खजुरे ब्रो’को ‘लभ गर्ने मान्छे’ सार्वजनिक

२०८० चैत्र १९
चलचित्र ‘खजुरे ब्रो’को ‘लभ गर्ने मान्छे’ सार्वजनिक

चलचित्र ‘खजुरे ब्रो’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘लभ गर्ने मान्छे’ बोलको गीतमा अनमोल गुरुङको शब्द, संगीत र अनमोल र अनुपम गुरुङको स्वर रहेको छ ।

भट्टीको सेटिङमा तयार पारिएको भिडियोमा कलाकारहरु रियर राई तथा महेश त्रिपाठीका साथमा अन्य कलाकारहरु फिचर छन् । यही चलचित्रबाट डेब्यु गरेकी नीति शाह पनि छोटो भूमिकामा गीतमा देखिएकी छिन ।

वैशाख २८ गते रिलिज हुने चलचित्रका लेखक÷निर्देशक सुरज सुनुवार हुन् । चलचित्रमा नीति, रेयर तथा महेशका अलावा नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राईलगायतको अभिनय रहेको छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । यस्तै अनिल मानन्धर र पिकेश मानन्धर सहनिर्माता हुन् भने डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा शिशिर विशंखेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको छ ।