Mahajatra

‘झिँगेदाउ’ दोस्रो सातामा पनि आक्रामक

२०७९ भाद्र २६
‘झिँगेदाउ’ दोस्रो सातामा पनि आक्रामक

ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’ले दोस्रो हप्तामा पनि ब्यबसायिक सफलता हात पारेको छ । पहिलो सातामा आक्रामक ब्यापार गरेको चलचित्रको दोस्रो साताको पहिलो तिनको ब्यापार पनि उस्तै छ ।

केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल बिष्ट, हिउँवाला गौतम, संगम भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र भिननिधी तिबारिको साहित्यक कृतिमा आधारित छ । चलचित्र हरेका दर्शकहरुले दिएको प्रतिक्रिया बलियो हुँदा दर्शकहरु हलमा आएका हुन् ।

शनिबार प्राप्त शोज हाउसफुल भएपछि केहि हलले अतिरिक्त शो थपेका छन् । बलिउडको ‘ब्रमास्त्र’को अगाडी ‘झिँगेदाउ’ले आफ्नो मान राखिरहेको छ । पहिलो साताको रफ्तारलाई दोस्रो सातामा पनि निरन्तरता दिइरहेको छ ।

यो ‘कबड्डी ४’पछि सर्वाधिक चलेको चलचित्र हो । निर्माण पक्षले पहिलो साता नै लगानी रिकभर गरिसकेको जनाए पनि यसको लगानी २ करोड भनिएकोले दोस्रो साताको व्यापारले लगानी रिकभर हुने पक्का छ । यही रफ्तारमा चलचित्रले दर्शक पाउने हो भने ब्यवसायिक रुपमा नाफा हुने सहजै देखिन्छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाललगायतका कलाकारहरुको अभिनय छ । कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको व्यानरमा निर्माण भएको चलचित्रमा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पित घिमिरेको छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र मित्रदेव गुरुङको सम्पादन छ ।

सुलभ प्रतिक देउजा र समिक्षा देउजाले निर्माण गरेको चलचित्रमा सुशील दाहाल र इश्वर घिमिरेको सहनिर्माण छ ।