Modibeni
Numbari Sun

बिराजको चलचित्र ‘१२ गाउँ’मा ‘इकु’

२०८१ जेष्ठ ३
बिराजको चलचित्र ‘१२ गाउँ’मा ‘इकु’

हास्यकलाकार सुलेमान शंकर ‘इकु’ बिराज भट्टको निर्देशन रहने चलचित्र ‘१२ गाउँ’मा भित्रिएका छन् । भट्टकै निर्माण रहने चलचित्रमा उनी कमेडी भूमिकाको लागि भित्रिएका हुन् । विराजले सामाजिक सञ्जाल मार्फत सुलेमानसँगको एक तस्बिर पोष्ट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।

पछिल्लो समय म्युजिक भिडियो र टेलिसिरयलमा देखिँदै आएका सुलेमानले ‘इकु’, ‘इकु २’लगायत केही चलचित्र समेत निर्माण गरेका छन् । उनी पछिल्लो समय ‘इकु’को तेस्रो सिक्वेल निर्माणको तयारी गर्दैछन् । अहिले पटकथा लेखन कार्य भइरहेको चलचित्रको निर्माण नेपाली, भोजपुरी र हिन्दी भाषामा गर्ने उनको योजना छ । 

‘१२ गाउँ’मा विराजको छोरा समीर, पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराई मुख्य भूमिकाको लागि छानिएका छन् । एक्सन–थ्रीलर विषयमा बन्न लागेको चलचित्रको छायांकन नेपाल र भारतमा हुने बताइन्छ ।

Gharjwai