नाजिरको ‘गुलाबी’को कास्कीमा शुभ साइत

चलचित्र ‘गुलाबी’को शुभ साइत गरिएको छ । शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसस्थित सिता बराह आयर भयर मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । शुभ साइत कार्यक्रममा क्यामेरा र स्कृप्ट पूजा गरिएको थियो ।
समुन्द्र भट्टको निर्देशनमा निर्माण हुने चलचित्रमा नाजिर हुसेनको मुख्य भुमिका रहने छ । चलचित्रमा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुईंटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’को पनि अभिनय रहनेछ ।
निर्देशक भट्टकै कथामा बन्न लागेको चलचित्रले पारलैङ्गिकताको कथा बोल्नेछ । चलचित्रको पटकथा तथा संवाद रामकुमार श्रेष्ठ र नाजिर हुसेनले मिलेर लेखेका हुन् । चलचित्रको छायाँकन धम्पुस, पोखरा र काठमाडौंमा गरिनेछ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal