सदस्यता विवादका कारण चलचित्र कलाकार संघको निर्वाचन स्थगित

२३ गतेका लागि तोकिएको चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको छ । संघको सदस्यता विवाद नटुङ्गीए पछि चुनाव स्थगित गरिएको हो ।
कलाकार सुरज आरडीले संघले गैह्र कलाकारलाई सदस्यता वितरण गरेको भन्दै केही दिन अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेका थिए । उनले अध्यक्षमा उमेदबारी घोषणा गरेकी सरिता लामिछानेको सदस्यता सम्बन्धमा समेत प्रश्न उठाएका थिए । कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार आरडीले जिल्ला प्रशासन कार्यालयमा महासचिव लामिछाने विरुद्ध उजुरी दिएका थिए । संघको विधानमा पाँचवटा चलचित्रमा अभिनय गरेपछि मात्र सदस्यता पाइने उल्लेख भएपनि लामिछानेले दुईवटा चलचित्रमा मात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप आरडीले लगाएका छन् ।
आइतबार सो उजुरी माथी दुबै पक्षलाई बोलाएर छलफल भएको थियो । तर, छलफल निष्कर्षमा नपुगे पछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको छ । सचिव चेत बहादुर सिंहले विधान बमोजित एक महिना भित्र निर्वाचन गर्नै पर्ने भएकोले अर्को मिति चाँडै तय हुने जनाएका छन् ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal