चलचित्र ‘एक भागवत र एक गीता’ सेन्सर पास

चलचित्र ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) सेन्सर पास भएको छ । केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड)ले मंगलबार चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो ।
युनिभर्सल सर्टिफिकेट पाएसँगै चलचित्र हरेक उमेर समुहका दर्शकले हेर्न सक्नेछन् । निर्देशक झरना थापाले शिर्षक विवादले सेन्सरमा केही ढिलाई भएपनि सेन्सर पास भएर दर्शकमाझ चलचित्र ल्याउन पाउँदा निकै खुशी लागेको बताइन । सेन्सरमा चलचित्र हेरेका सवैले ‘एक भागवत र एक गीता’ (सामाजिक कथा) राम्रो बनेको भन्दै तारिफ गरेको उनको भनाई छ ।
सेन्सर बोर्डले चलचित्रमा समावेश कुनै दृश्य र संवादमा कैंची नचलाएको निर्माता सुनिलकुमार थापाले बताए । चलचित्रमार्फत तपाईले तराईदेखि पहाडसम्मलाई जोड्नुभएको छ । संस्कृति जोगाउनुभएको छ । मौलिकता पेश गर्नुभएको छ भनेर बधाई दिनुभयो,’ उनले भने ।
नाममा केही धार्मिक संस्थाहरुले आपत्ति जनाएपछि केही समय चलचित्रको सेन्सर अन्यौल बनेको थियो । आफूहरुले धर्ममा आँच आउने कुनै कार्य नगरेको चलचित्रको सेन्सर पास भएपछि पुष्टि भएको थापाले बताए । ‘हामीले पहिल्यैदेखि भनेका थियौं कि धार्मिक कुरामा आँच आउने कुरा गरेका छैनौं,’ सुनिलले भने, ‘बरु सेन्सर बोर्डबाट बधाई प्राप्त भयो ।’
चलचित्रमा विपिन कार्की, धिरज मगर, सुहाना थापा, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको अभिनय छ ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi