Mansara

‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

२०८० मंसिर ४
‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

चलचित्र ‘दुई कदम’को गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगानाको नृत्य रहेको गीतमा रामजी लामिछाको कोरियोग्राफी रहेको छ ।

उदय सुब्बा निर्देशित चलचित्र आगामी मंसीर २९ गतेबाट रिलिज हुनेछ । चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जिवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय रहेको छ ।

अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन रहेको छ ।