चलचित्र ‘डिग्री माइला’को अमेरिकाको टिकट बुकिङ खुल्ला

२०८० चैत्र २५
चलचित्र ‘डिग्री माइला’को अमेरिकाको टिकट बुकिङ खुल्ला

रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’ आगामी शुक्रबार अर्थात् चैत्र ३० गतेबाट प्रदर्शनमा आउँदै छ । यस्तै अमेरिकाको विभिन्न राज्यमा अप्रिल ११ बाट प्रदर्शन हुँदैछ ।

चलचित्रको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ । चलचित्रको ११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरुको बाक्लो बसोबासर रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ ।

सोही दिनबाट चलचित्र अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० बढि सहर तथा १९ अप्रिलबाट अमेरिकाकै सान फ्रान्सिस्को २० बढि शहरका सिने लाउन्ज, रिचमण्ड सिनेमार्कमा प्रदर्शन हुनेछ । यस्तै अप्रिल २६ बाट डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ ।

चलचित्र अप्रिल र मेको पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई चलचित्र देखाउने टार्गेट रहेको डायस्पोरा वितरक सेभेज सिजले जनाएको छ । अमेरिकाका ४० बढि थिएटरमा दैनिक बक्सअफिस र टिकटसहित चलचित्र रिलिज गरिनेछ । चलचित्रको टिकट अनलाइन www.nepal11.com मा उपलब्ध हुनेछ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् र सुस्मा फिल्मस्सँग मिलेर चलचित्रको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।

चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ ।