‘मनसरा’को अग्रिम टिकट बुकिङ खुल्ला
चलचित्र ‘मनसरा’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुने चलचित्रको बुधबारबाट टिकट बुकिङ खुल्ला भएको हो ।
क्यूएफएक्सलगायत हलले अग्रिम टिकट बुकिङ खुल्ला गरेका हुन् । क्यूएफएक्सले देशभरका हलमा ‘मनसरा’लाई ६९ शो दिएको छ । क्यूएफएक्सले काठमाडौंमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएको छ ।
वान सिनेमाजले दुईवटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ । देशकै दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई लगायतका हलमा अग्रिम टिकट बुकिङ खुल्ला हुन बाँकी छ । बुधबार साँझसम्म देशभरका सम्पुर्ण हलमा अग्रिम बुकिङ खुल्ला हुनेछ । सुरुवाती अवस्था हेर्दा चलचित्रले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म उच्च शो पाउने देखिन्छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राई लगायतको अभिनय रहेको छ । चलचिका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।
चलचित्रका सह–निर्माता विष्ण कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ हुन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । चलचित्र बैशाखको २१ गतेबाट प्रदर्शन हुनेछ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
