‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक

आगामी पौष २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्र ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रका सार्वजनिक दुई पोस्टरमध्ये पहिलो पोस्टरमा अभिनेता सुनिल थापा र डेव्यु अभिनेता कुन्दन भारद्धाज र डेव्यु अभिनेत्री अनुजा लेप्चालाई स्थान दिइएको छ । दोस्रो पोस्टरमा अभिनेता भारद्धाजलाई एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत गरिएको छ ।
बाबु साहेव बलामीको निर्देशनमा निर्माण भएका चलचित्रमा सुनिल, कुन्दन र अनुजाका अलवा ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिना लगायतको अभिनय रहनेछ । सिमरा, वीरगन्ज, र काठमाडौंमा चलचित्रको छायांकन गरिएको हो ।
निर्देशक बलामीले चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको जानकारी दिए । चलचित्रलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको चलचित्रको कथा निराजन मेहता मन्जिलले तयार पारेका हुन् ।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्तामा मौसम पौडेल छन् । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता महेन्द्र यादव र अपार गुरुङ हुन् । चलचित्रमा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।
मुभि पोइन्टमा प्रोष्ट प्रोडक्सनको काम भइरहेको चलचित्रमा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले चलचित्रलाई वितरण गर्दैछ ।
Latest Updates
-
-
अन्य चलचित्रमा भन्दा ‘माग्ने राजा’मा फरक देखिएको वर्षाको दाबी
-
-
-
-
‘यो मन त मेरो नेपाली हो’को प्रिमियर सम्पन्न, चलचित्रकर्मीले गरे तारिफ
New Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal
Next Releases (Shrawn 24)
-
Mohar
Director : Om Prateek
Casts : Benisha Hamal, Paul Shah, Arjun Jung Shahi, Niti Shah, Mithila Sharma -
Cetaamol
Director : Raj Bahadur Sane
Casts : Saugat Malla, Benisha Hamal, Shree Krishna Niraula, Januka Bishwokarma, Lokendra Lekhak