भदौ २० मा खरेलको ‘चिट्ठी’
माधब राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिट्ठी’ भदौ २० गतेवाट प्रदर्शनमा आउने भएको छ । निर्माण कम्पनी एरा प्रोडक्सनले कुवेर सिने डिस्ट्रीब्युशनलाई वितरणको अधिकार दिदै प्रदर्शन मिति घोषणा गरेको हो ।
संचारकर्मी कमला जोशीले निर्माण गरेको चलचित्रमा खड्गबहादुर पुन मगर ‘खवपु’, सञ्जित भण्डारी, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, प्रवण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, नम्रता खरेल, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, रश्मि भट्ट, उद्धव भट्टराई, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको केही समय अघि काठमाण्डौमा विशेष प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा चलचित्रप्रति दर्शकहरुले देखाएको माया र दिएको प्रतिक्रियाले आफुहरु उत्साहित भएको निर्देशक खरेलले जनाएका छन् । चलचित्र पुर्णतया हरर कमेडी तथा सस्पेन्स र थ्रिलर शैलीमा तयार भएको जनाइएको छ ।
चलचित्रमा जीवन पराजुली र राजन खरेलको छायाँकन, राजेश कुमारको सम्पादन, समिर मियाँको ग्राफिक्स तथा भिएफ एक्स, किरण दाहालको द्वन्द्व, पुष्कर खत्रीको पाश्र्व संगीत, सरोज कोइरालाको संगीत, डा. कृष्णहरि बराल र कमला जोशीको शब्द र शिव परियार, बेनिशा पौडेल र बसन्त अर्यालको स्वर रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
