प्रदर्शनमा आयो ‘यो मन त मेरो नेपाली हो’
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा आएको छ । आजबाट प्रदर्शनमा आएका चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । नेपाली भाषा, संस्कार, संस्कृति र भूमि जोगाउनुपर्छ भन्ने अभियानको कथामा बनेको चलचित्रलाई मित्र प्रधान (नर)ले निर्देशन गरेका हुन् ।
ज्ञान बहादुर प्रधान (रोशन)को निर्माण रहेको चलचित्रमा उनीसँगै विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय गरेका छन् ।
पद्यमा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिष शाहको सम्पादन रहेको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।
असार महिनामा प्रदर्शनमा आएको यो एकमात्र नेपाली चलचित्र हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
