पूर्वका दर्शक भेट्न पुग्यो ‘डिग्री माइला’ टिम

चलचित्र ‘डिग्री माइला’का प्रमुख कलाकारहरु आजबाट पूर्वी नेपालका दर्शक भेटन् निस्केका छन् । दयाहाङ राई, आचल शर्मा, बिजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलसहितको टिम मोफसल यात्रामा निस्केको हो ।
कोशी प्रदेशको राजाधानी बिराटनगरबाट सुरु हुने यो यात्रा बिर्तामोड पुगेर टुङगिने निर्माता मणिराम पोखरेलले बताए । पोखरेलका अनुसार टिम बिराटनगर, इटहरी, धरान, दमक, बिर्तामोडलगायतका शहरका हलहरुमा पुग्नेछ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रले वक्सअफिसमा सुखद व्यापार गरिरहेको छ । वितरकका अनुसार दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको चलचित्रको कमाइ तेश्रो दिनमा झण्डै ४ करोडको निकट पुगेको छ ।
बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । चलचित्रका कार्यकारी निर्माता क्रिश लामा हुन् ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal