Mahajatra

दिपकराज गिरी भन्छन् – नारीले नो भनेपछि नो

२०७८ फागुन २४
दिपकराज गिरी भन्छन् – नारीले नो भनेपछि नो

अभिनेता दिपकराज गिरीले नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित हुनु पर्ने बताएका छन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकबाट शुभकामना दिदै उनले यस्तो बताएका हुन् ।

उनले नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार नै नारी प्रतिको सम्मान भएको भन्दै त्यही मान्यता नै नारी हिंसा कम गर्ने उपाय भएको पनि उल्लेख गरेका छन् । दिपकराज लेख्छन –  ‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो नारी हिंसा कम गर्ने उपाए – जय नारी दिबस ! ! !

आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।