चलचित्र ‘देववाणी’को शुभ मुहुर्त

२०८० जेष्ठ ५
चलचित्र ‘देववाणी’को शुभ मुहुर्त

बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘देववाणी’को शुभ मुहुर्त गरिएको छ । शुक्रबार बिहान राजधानीको भद्रकालीमा पुजाआजासहित चलचित्रको मुहुर्त गरिएको हो ।

मुहुर्तमा पत्रकार शान्तिप्रियले क्यामराको स्वीच अन, मोहन निरौलाले निर्देशन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेर गरिएको मुहुर्तमा कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहुर्त सट दिएका थिए । 

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माणहुने चलचित्रको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा हुनेछ । चलचित्रमा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको अभिनय रहनेछ । चलचित्रमा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको चलचित्रनेपाली र हिन्दी भाषामा निर्माण हुने छ ।