‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक

२०८० चैत्र २०
‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’ सार्वजनिक

चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । गायक सुपतले चलचित्रको मर्म अनुसार नै आफुले गीत तयार पारेको बताएका छन् । चलचित्रको गीतमा केकीका अलवा निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियालाई पनि फिचर्ड छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । चलचित्र आगामी बैशाख १४ गतेबाट प्रदर्शन हुनेछ ।

चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।