Kumari Bank

विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

लेन्सनेपाल २०७७ फागुन २१
विकास बोर्ड र सेन्सर बोर्डमा सदस्य नियुक्त

सरकारले शुक्रबार चलचित्र बिकास बोर्ड र चलचित्र सेन्सर बोर्डमा रिक्त सदस्य पदमा बिभिन्न चलचित्रकर्मीलाई नियुक्त गरेको छ ।

संचार, सूचना तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरिय निर्णयबाट दुबै बोर्डमा सदस्यहरु नियुक्त गरेको हो ।

जस अनुसार चलचित्र विकास बोर्ड सदस्यमा अर्जुन कुमार डंगोल, प्रकाश भट्टराई र राज कटुवाललाई नियुक्त गरेको छ । भने चलचित्र सेन्सर बोर्ड सदस्यमा राजेश महर्जन, सन्तोषकुमार थापा र मिनाक्षी कोइरालालाई नियुक्त गरेको छ । नियुक्त भएका पाँचै जना सदस्यहरुको कार्यकाल २ बर्षको हुनेछ ।

बोर्डमा नियुक्त भएका अर्जुनकुमार गायक तथा निर्माता, प्रकाश भट्टराई चलचित्र निर्देशक र राज कटुवाल कलाकार हुन । यस्तै  सेन्सर बोर्ड सदस्यमा नियुक्त भएका  सन्तोष रंग पत्रकार, राजेश चलचित्र प्राबिधिक र मिनाक्षी म्युजिक भिडियो निर्देशक हुन् ।