Modibeni
Numbari Sun

बिनोदको ‘भूठान’मा हरिवंश आचार्य

२०८० मंसिर १७
बिनोदको ‘भूठान’मा हरिवंश आचार्य

बिनोद पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘भूठान’को फष्टलुक सार्वजनिक गरिएको छ । दुई वटा पोष्टर सार्वजनिक गर्दै पौडेलले चलचित्र निर्माणको औपचारिक जानकारी गराएका हुन् ।

चलचित्रको नामा नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ राखिएको छ । यस्तै चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्यका साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, अदिती प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुवन्धित भएका छन् । चलचित्रमा केही हलिउडका कलाकारको पनि अभिनय रहने निर्माता मध्यका एक राजेन्द्र ठकुराठीले बताएका छन् ।

भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेर बन्न लागेको चलचित्र भूठान (द वल्र्डस् ह्यापिएस्ट म्यान्) सन् २०१९ मा बुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको थियो ।

अमेरिकाको ओहायो राज्यमा छायाँकन गरिने चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ । चलचित्रको छायाँकन सन् २०२४ को अन्तसम्म सकेर सन् २०२५ मा प्रदर्शनमा आइसक्नेछ । चलचित्रमा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनि, सूर्य शाहीको कास्टिङ्ग, उज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन र अन्जन गजुरेलको कला निर्देशन रहनेछ ।

Gharjwai