‘भूठान’ले गर्ने भयो फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान

चलचित्र ‘भूठान’ले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुराहरुमा फ्राइडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ । चैत्र ८ गते बाट उक्त कार्यक्रम शुरु गर्ने जनाइएको छ । पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा हुुनेछ । चियापसलमा आएका जो कसैले उक्त कार्यक्रममा आफनो गीत, कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्ने निर्माण टिमले जनाएको छ ।
हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ । पहिलो साता हप्ता कवि एवं संचारकर्मी रुपेश श्रेष्ठले प्रमुख अतिथीको रुपमा आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा उपस्थित मध्य ३ जनाले लक्की ड्रमार्फत भूठानको टिकट पाउनेछन् ।
चलचित्रका निर्माता अविरल थापाका अनुसार दर्शकसँग प्रत्यक्ष साक्षात्कर गर्न यस्तो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम वैशाख ५ गतेसम्म प्रत्येक हप्ताको शुक्रबार फरक–फरक चियापसल र रेष्टुरेण्टमामा आयोजना हुनेछ ।
विनोद पौडेलको निर्देशन रहेको चलचित्रले विदेशमा रहेको आप्रवासीले आफ्नो घर फर्कन नपाएको कथा भनने जनाइएको छ । चलचित्रमा हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द, रिचा घिमिरे, अदिती प्याकुरेल, जोयश पाण्डे लगायत हलिउड कलाकार ब्रुस डर्नको पनि अभिनय रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal