प्रकाश भन्छन् – ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ

गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागु पूर्णिमाको अवसरमा चलचित्रका मुख्य दुई कलाकार गायक सपुत र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड पोस्टर सार्वजनिक गरिएको हो ।
सार्वजनिक पोस्टरमा कलेज जाँदै गरेका प्रकास र स्वतिमा बाटोमा प्रेमील भावमा प्रस्तुत छन् । पोस्टर सार्वजनिक गर्दै निर्देशक तथा अभिनेता सपुतले लेखेका छन्, ‘जसरी प्रकृतिका विभिन्न रंङहरु समेटेर बसन्त ऋतु आएको छ । त्यसरी नै समाजका विभिन्न रङहरु समेटेर चलचित्र ‘वसन्त’ तयार भएको छ । ती रंङहरु मध्ये सबै भन्दा सुन्दर रङ हो प्रेमको रङ । ‘वसन्त’ एउटा सुन्दर प्रेमको रङले बनेको छ । बसन्त ऋतुमा फुल्ने लालीगुँरास जस्तै रंगीन पर्व फागु पर्वको शुभकामना ।’
चैत्र २२ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउने चलचित्रमा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा चलचित्रमा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा चलचित्रले भन्ने छ । चलचित्रको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन् ।
Latest Updates
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
-
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi