छायाङ्कन अगावै ‘बलिदान’को टिजर

२०८० कार्तिक २६
छायाङ्कन अगावै ‘बलिदान’को टिजर

छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । सन्तोष सेनले निर्देशन गर्ने चलचित्रको टिजर रिलिज गरिएता पनि कलाकार तथा प्राविधिकको विषयलाई भने खुलाइएको छैन ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए । उनले भने – ‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा ‘बलिदान’मा चित्रण गर्दैछौँ ।’

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र चक्र बहादुर चन्द र प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।