सकियो चलचित्र ‘अन्जिला’को छायांकन

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘अन्जिला’को छायांकन सकिएको छ । इलामको आइतबारेबाट छायांकन सुरु गरिएको चलचित्रको शनिबार ३४औँ दिनमा काठमाडौंमा इण्डक्ल्याप गरिएको हो । चलचित्रको छायाँकन इलाम, झापा र काठमाडौँमा गरिएको छ ।
महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित चलचित्रमा एन्जिला सँगै दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजयबराल, हरि खड्का, लगायतको अभिनय छ ।
प्रेम कुमार श्रेष्ठको लगानी रहेको चलचित्रको सहनिर्मातामा राजेश बगडिया र विनोद अग्रवाल रहेका छन् । छायाङ्कन सकिएपछि निर्माताले अभिनेत्री एन्जिला र निर्देशक चाम्सलाई एक–एकथान स्कुटर उपहार प्रदान गरेका छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal