आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ सम्पन्न

२०८२ बैशाख २१
आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२५ सम्पन्न

आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को आयोजनामा शनिबार काठमाण्डौमा अवार्ड सम्पन्न भएको हो ।

बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न अवार्डमा कुल ४० विधामा ५३ अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्कृति, गीत संगीत, चलचित्रमा क्रियाशिल ब्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा यस वर्षको संगीत रजत सम्मानबाट बरिष्ठ संगीतकार शुरेश अधिकारी, संगीत पत्रकारिता पुरस्कारबाट रंग पत्रकार करिष्मा केसी, पिम नेपाल विशिष्ट चलचित्रकर्मी सम्मानबाट विशिष्ठ कलाकार उत्तम केसी, पिम नेपाल टेलिभिजन संचारकर्र्मी सम्मानबाट संचारकर्मी राज श्रेष्ठ, पिम नेपाल डायस्पोरा सम्मानबाट संगीतकार केशव पौडेल, पिम नेपाल युवा प्रतिभा सम्मान (गीतकार÷पर्वतारोही)बाट पुरुषोत्तम सानु, युवा उद्यमी सम्मानबाट सुरेश कार्की र लोकसंगीत सम्मानबाट गायक शुशिल ज्ञवाली तथा गायिका अनिता कुँवर सम्मानित भए ।

अवार्डमा सर्वोत्कृष्ट आधुनिक गायिकाको अवार्ड गायिका मिलन नेवारले आँखाको नुर बोलको गीतमार्फत प्राप्त गरिन भने दोहोरी गायिका तर्फ गायिका सिमा थापाले सर्वोत्कृष्ट दोहोरी गायिकाको अवार्ड दामौलीमा गेट बोलको गीत मार्फत सिमा थापालाई प्रदान गरियो । सर्वोत्कृष्ट राष्ट्रिय भाव राम प्रसाद अवस्थी – उठौं जनता उठौं, सर्वोत्कृष्ट गजल, गीता सापकोटा हुमागाई किन, सर्वोत्कृष्ट आधुनिक गीतकार, जि.एम दिपु दिपेन्द्र – महँगो भो तिम्रो माया, सर्वोत्कृष्ट लोक÷पप गीतकार, लिला राज काम्वाङ – छुट्ने वेला, सर्वोत्कृष्ट लोक÷आधुनिक संगीतकार, राजन राज शिवाकोटी – माया गर्न जान्यो मायाले, सर्वोत्कृष्ट आधुनिक गायक सौगात जंग थापा – तिमि आदत बन्यौ, सर्वोत्कृष्ट लोक÷पप गायन, शोभा पाण्डे – डल्ले खुर्सानी, सर्वोत्कृष्ट युगल गायन साईराज खाती÷मुना ठटाल – छुट्ने बेला ले अवार्ड प्राप्त गरे ।

त्यसैगरी सर्वोत्कृष्ट दोहोरी शब्द निश्चल दवाडी – कस्मीरे पच्छ्यौरी, सर्वोत्कृष्ट दोहोरी लयशान्त शिशिर – बेसारे माया, सर्वोत्कृष्ट दोहोरी गायक, हेमन्त कान्छा रसाईली – पशुपतिमा शिवजी, सर्वोत्कृष्ट नव गीतकार, रोहन पौड्याल – तिमि रिसाउनु मै फकाउला, सर्वोत्कृष्ट नवगायक, सन्तोष कुमार तामाङ – कसले बनायो पैसा ले अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट नवगायिका, निरुता राई – आउ आउ, सर्वोत्कृष्ट ध्वनी मिश्रण प्रकाश मिश्र – थाहै थिएन दिल, सर्वोत्कृष्ट एरेन्जर, रिदम कँडेल – अधुरो सपना–२, सर्वोत्कृष्ट भिडियो निर्देशक, प्रकाश धिताल – गन्र्दव बाहुन, सर्वोत्कृष्ट कोरियोग्राफर, पुनम श्रेष्ठ – आउ आउ बोलको गीतबाट अवार्ड पाए ।

त्यस्तै सर्वोत्कृष्ट छायाँकार, उत्सव दाहाल – आमा ए आमा, सर्वोत्कृष्ट सम्पादक, राजेश कुमार – सुनौली कोल, सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष, एलपी शर्मा – मनमा पर्यो चोट तथा सर्वोत्कृष्ट आधुनिक मोडल महिला पवित्रा शाँखी – भुल्नै गाह्रो भो वाट अवार्ड पाए भने सर्वोत्कृष्ट दोहोरी मोडल पुरुष सुधिर श्रेष्ठ – सानै छु भेना, सर्वोत्कृष्ट दोहोरी मोडल महिला, सुजिना गोले – दर्पण बनाई हेर्छु, सर्वोत्कृष्ट नवमोडल पुरुष, कुन्दन गुप्ता – हामी छुट्ने दिन तथा सर्वोत्कृष्ट नवमोडल महिला, निरुता बिष्ट – मलाई त तिम्रो भर पर्नु छ ले अवार्ड प्राप्त गरे ।

कार्यक्रममा भाषाभाषि तर्फ सर्वोत्कृष्ट नेपाल भाषा गीतकार, सुरजबीर बज्राचार्य – नक्कलीम्ह मयजु, सर्वोत्कृष्ट नेपाल भाषा संगीतकार, सानुबाबु महर्जन – मस्यु जित छुजुछुजु, सर्वोत्कृष्ट नेपाल भाषा गायन, राजकुमार मानन्धर – दः पिनि द्यः ब्वय्कि, सर्वोत्कृष्ट नेपाल भाषा मोडलिङ, सुदित श्रेष्ठ – कतांमरिया रुप छंगु, सर्वोत्कृष्ट नेपाल भाषा निर्देशन, दर्शनबीर शाक्य – नाप च्वने मदुसांबाट अवार्ड प्राप्त गर्दा सर्वोत्कृष्ट मैथली गीत, विरेन्द्र झा – मिथिला धाम, उत्कृष्ट तामाङ सेलो, सन्जोक योन्जन – मायामा नेल, सर्वोत्कृष्ट भाषाभाषी गीत, पुनित कुमार बंशल – जै जनम भौम (मारवाडी भाषा)ले अवार्ड प्राप्त गरे । त्यस्तै भाका तर्फ सर्वोत्कृष्ट काँठे गीत, सुजता के.सी – आलु तामाले र सर्वोत्कृष्ट डेउडा गीत, महेश कुमार औजी – ए ईजु गैग्यो परान बाट पाएका थिए ।

कार्यक्रममा सर्वोत्कृष्ट डायस्पोरा अवार्डवाट (मोडल), प्रतिक्षा लिम्बु – छुट्ने बेला, सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायन सुभद्रा श्रेष्ठलाई प्रदान गरियो । कार्यक्रममा मेनुका थापाले उठ उठ्नै पर्छ बाट सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) अवार्ड, सर्वोत्कृष्ट लोक÷पप गीतकार (जुरी), डि.पी खनाल – बुझे हुन्छ कुरा (लोकपप), उत्कृष्ट डायस्पोरा (गायिका), निता आचार्य – चुपचाप, सर्वोत्कृष्ट लोक/आधुनिक संगीतकार (ईन्करेजमेन्ट), द्रोण पराजुली – सुचना र प्रविधि यो, सर्वोत्कृष्ट लोक÷पप गायन (जुरी), अर्जुन खरेल – दुई चुल्ठी, सर्वोत्कृष्ट दोहोरी शब्द (पब्लिक च्वाइस अवार्ड), किस्ना आचार्य (रोशनी) – निरि मायाको, सर्वोत्कृष्ट दोहोरी मोडल महिला (जुरी), अस्मिता पुरी – फुल माया बोलको गीतबाट अवार्ड प्राप्त गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट आधुनिक मोडल महिला (जुरी)  मोडल जुना कार्कीले झरी बोलको गीबाट प्राप्त गर्दा कैलाश कठायतले बोली झर्कै छ बोलको गीतबाट सर्वोत्कृष्ट नवमोडल पुरुष (पब्लिक च्वाईस) अवार्ड प्राप्त गरे । त्यसैगरी सर्वोत्कृष्ट, मैथली गीत (जुरी), डा. पूनम सिन्हा – मेघ मलहार, सर्वोत्कृष्ट तामाङ सेलो (पब्लिक च्वाईस), टिका बमजन, तामाले बोली फेर्दैन, सर्वोत्कृष्ट गायक ईन्करेज्मेन्ट अवार्ड विशाल सोनीलाई कामीदाईको घनठोकाई र सर्वोत्कृष्ट नवगायक जुरी अवार्ड, सुरज गुप्ता, पिलेन उडाउने लाई प्रदान गरिएको थियो ।