नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो संस्करण सुरू

नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण सुरू भएको छ । काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा बुधबारबाट सुरु भएको महोत्सव आगामी मंगलबार सम्म चल्ने छ ।
‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारा दिइएकोे महोत्सवको उद्घाटन नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बजाउँदै गरिन्। उद्घाटनका क्रममा बोल्दै उनले अहिलेको रंगमञ्चको माहोल देखेर गर्व लाग्ने गरेको बताइन् ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले भने, ‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्नुभयो । आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं । महोत्सवको तेस्रो संस्करणसम्म आइपुग्दा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गरिरहेका छौं ।’
उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, चाइना थिएटर एसोसियसनका महासचिव ली हाई ची, जापानकी थिएटर निर्देशक इरिना सजी, जिआइजेटकी शान्ति सल्लाहकार मालिन फेट्याक्ट लगायतले मन्तव्य राखेका थिए ।
महोत्सवमा १२ देशका १७ नाटक मञ्चन हुँदैछन् । नाटकसँगै कविता, संगीत, नृत्य प्रदर्शनी लगायत कार्यक्रम समावेश छन् ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal