चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शन
चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शन भएका छन् । आजबाट प्रदर्शनमा आएका यि दुबै चलचित्रले फरक–फरक कथा पेश गरेका छन् ।
आफ्नो छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी आमाले त्यहाँ बेहोर्नुपरेको कानुनी झमेलाको कथामा ‘तेल भिसा’ बनेको छ । शंकर घिमिरेको लेखन तथा निर्देशन रहेको चलचित्रले देशभर डेढ सय हाराहारी शो पाएको छ । चलचित्र अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् भने वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती लगायतको पनि अभिनय छ ।
‘अग्निदहन’ भने बोक्सी कुप्रथाविरुद्धको कथामा निर्माण भएको छ । घनश्याम लामिछानेले निर्देशन गरेको चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।
विषयको हिसाबले अब्बल देखिए पनि दुबै चलचित्रलाई हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ चुनौतीपूर्ण देखिएको छ । केही हदसम्म गत साता रिलिज भएको ‘ह्रस्व दीर्घ’ पनि चुनौती हुन सक्ने छ । यद्यपी दर्शकबाट बलियो प्रतिक्रिया पाएमा चलचित्रको व्यापार बढ्न सक्ने छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
