‘दशौं छायाँछवि तिज म्युजिक अवार्ड–२०८०’ सम्पन्न

२०८० भाद्र ३१
‘दशौं छायाँछवि तिज म्युजिक अवार्ड–२०८०’ सम्पन्न

‘दशौं छायाँछवि तिज म्युजिक अवार्ड–२०८०’ सम्पन्न भएको छ । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा तारेकेश्वर नगरपालिकाका उपप्रमुख श्रृजना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जनलगायतका व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा लामो समयदेखी विभिन्न क्षेत्रमा बिशिष्ठ योगदान दिएका नारीहरुलाई छायाँछवी तिज नारि सम्मान प्रदान गरिएको छ । सम्मानित हुनेहरुमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी र सञ्चारकर्मी सवी कार्की खड्का रहेका छन् ।

छायाँछवीका क्रियशनका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा सम्पन्न समारोहमा २६ बिधामा अवार्ड प्रदान गरिएको थियो ।
 

अवार्ड विजेताहरुको नामावली यस प्रकार रहेको छ:


तिज गीत एरेन्जरः विपीन आचार्य – स्वामी ज्यू
तिज गीत मिक्सिङः प्रकाश खरेल – यो तिजमा नजाने माइती
तिज गीत भिडियो छाँयाकारः मुकेश हुमागाईं – आयो तिज आयो 
तिज गीत मोडल (पुरुष)ः प्रकाश सोनी – तिज आयो स्वामी राजा
दोहोरी तिज गीत मोडलः सम्झना बुढाथोकी – साडी जापानी
तिज दोहोरी गीत शब्दः जानकी पन्थ – अब त चाहियो काठमाण्डौमा घर
तिज दोहोरी गीत लयः प्रकाश शाही – पशुपतिमा जलहरी
तिज दोहोरी गीत गायकः विजय गुरुङ – तिजै आयो
तिज दोहोरी गीत गायिकाः शोभा त्रिपाठी – नाँचौ न पिर भुलेर
तिज गीत नवगायनः सुनिता भट्टराई – तिज बबाल
तिज गीत युगल मोडलः दीपाशा विसी ÷अञ्जली अधिकारी – अरिकैको दासी बरीलै
तिज गीत युगल गायनः अन्जु श्रेष्ठ÷बीना भट्टराई – तिजको लहर
तिज गीत नृत्य निर्देशनः केशव भट्ट – बालापनको तिज
तिज गीत भिडियो निर्देशनः गम्भीर विष्ट – यो तिजमा नजाने माइती
मौलिक तिज गीत मोडलः सुप्रिमा थापा – बालापनको तिज
उत्कृष्ट तिज गीत शब्दः वसन्त योगी – कल्ले खायो दर
उत्कृष्ट मौलिक तिज गीत शब्दः कस्तुप पन्त – मन्दिरमा गजुर
तिज गीत लयः तारावीर पाण्डे – भन्छन् स्वामीले
मौलिक तिज गीत लयः वि.पी. वाग्ले – बरिलै माइतीको
तिज गीत गायिकाः सिर्जना खत्री हाउडेमाया – पिरलो 
मौलिक तिज गीत गायिकाः सिता के.सी – हेर त साइली 
तिज गीत भिडियो सम्पादकः बन्दे प्रसाद – बालापनको तिज 
दशकको उत्कृष्ट गायिकाः सुनिता दुलाल – पियारी
तिज गीत गायिकाः शोभा के.सी. – परदेशमा हाम्रो (जुरी)
उत्कृष्ट तिज गीत शब्दः कमला बोहरा खत्री – परदेशी चेलीको तिज (डायस्पोरा)
तिज दोहोरी गीत शब्दः हरी उप्रेती – तिजै आयो (जुरी)