नाटक गर्दै स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा अभिनय गर्ने भएकी छन् । अभिनेत्री खड्काले २०६१ सालको मदन पुरस्कार बिजेता पुस्तक ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् । उक्त पुस्तक नारायण वाग्लेले लेखेका हुन् ।
मंगलवार राजधानीमा एक कार्यक्रमका बीच ‘पल्पसा क्याफे’लाई सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको जानकारी दिइएको छ । विमल सुवेदीले निर्देशन गर्ने यो नाटकमा स्वस्तिमाले पल्पसाको भूमिका निर्वाह गर्नेछिन् । नाटकमा स्वस्तिमाका अलावा समापिका गौतम, साजनकुमार सुनुवार, दिपेश राई, बच्चु हिमान्सु, रामकृष्ण परियार, निमा शेर्पा, पूर्णिमा आचार्य, सुष्मा राई, रोशन निरौला र कपिल राईको अभिनय रहनेछ ।
चलचित्र ‘होस्टल रिर्टन्स’ बाट अभिनय करिअर सुरु अभिनेत्री खड्काको नाटकमा यो पहिलो अभिनय हो ।
Latest Updates
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung