‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज
चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’मा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’ रिलिज भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो।
गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौना र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको छ।
गीत रिलिज कार्यक्रममा चलचित्रका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए। ‘यो मेरो ड्रिम प्रोजेक्ट हो’,उनले गीत रिलिज कार्यक्रममा भने, ‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौँ। आज यो टाइटल सङ आ बाट आमा जनु मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम प्रोजेक्ट हो भन्थेँ। सोही गीत आज हामीले रिलिज गर्यौँ। आशा गछौँ,यो गीत सबैले मन पराइदिनु हुनेछ।’
निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस चलचित्रमा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको डिओपीमा नवराज उप्रेती रहेका छन्। चलचित्रमा कोशिस क्षेत्री, बाबुल गिरी, र थानेश्वर गौतमको संगीत र गंभिर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ।
अभिमन्यू निरवीले लेखेको चलचित्रको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। चलचित्रको कार्यकारी निर्माता करण सिंह रसाइली रहेका छन्। चलचित्रलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। चलचित्र आगामी माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
