राजेन्द्रको ‘सुगर फ्रि भर्सेस रसवरी’ सार्वजनिक

संगीतकार राजेन्द्र बजगाईको ‘सुगर फ्रि भर्सेस रसवरी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहिबार दिउँसो भिडियो साझेदारी सञ्जाल युट्युव मार्फत गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजेन्द्र बुढाथोकी र अस्मिता अधिकारीको स्वर, डिपी खनालको शब्द, राजेन्द्र बजगाईको संगीत तथा संगीत संयोजन र मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा अञ्जली अधिकारी, सागर लम्साल बले र श्रीदेव भट्टराईको अभिनय रहेको छ । राजेन्द्र बजगाईको निर्देशन रहेको भिडियोमा दिपक मान सिंहको कोरियोग्राफी, नवराज उप्रेतीको छायाँकन र विकास ज्ञवालीको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Ashad 10)
-
Ghanachakkar
Director : Jeetendra Rajopadhyaya
Casts : Saugat Malla, Salon Basnet, Shishir Bhandari, Saroj Khanal, JB. D.C.
Next Releases (Ashad 24)
-
Dokh
Director : Anup Baral
Casts : Diya Maskey, Maotse Gurung, Roy Div, Kamal Devkota, Lokmani Sapkota