चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक
सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘श्री बुकुरो : द होम कलिङ’को टिजर सार्वजनिक भएको छ ।
कलाकार लक्ष्मी गिरीले बाचन गरेको कविताको अंशबाट सुरु हुने टिजरमा मुख्य दुई कलाकार लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको देखाइएको छ । सार्वजनिक टिजरमा ग्रामीण परिवेशको कथा उठाएको देखिन्छ । चलचित्रले एउटा परिवारलाई केन्द्रमा राखेर कथा भनेको सार्वजनिक टिजरबाट बुझिन्छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय छ ।
चलचित्रमा निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको छ । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको चलचित्रलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायांकन गरेका हुन् । चलचित्रका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
