चलचित्र ‘शाम्बाला’को काठमाडौं प्रिमियर सम्पन्न
मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’को काठमाडौं प्रिमियर गरिएको छ । आइतबार साँझ ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा सहभागी हुन विशेष अतिथिको रूपमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र चर्चित निर्देशक तथा अभिनेता अनुराग कश्यपको उपस्थिति रहेको थियो । यस्तै प्रिमियरमा नेपाली सेलिब्रेटी, चलचित्रकर्मी, नेता देखि ब्यापारी सम्म उपस्थित थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उपसभामुख इन्दिरा राना सहित राजनीतिक क्षेत्रबाट नेपाली काँग्रेसका महासचिव विश्व प्रकाश शर्मा, पूर्व मन्त्रीहरू प्रदीप ज्ञवाली र सुमना श्रेष्ठ, प्रतिनिधि सभा सदस्य असीम शाह लगायतको उपस्थिति रहेको थियो । यस्तै प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सहित चलचित्र निर्देशक प्रदिप भट्टराई, अभिनेताहरु निर शाह, नाजिर हुँसेन, दयाहाङ्ग राई, धिरज मगर, नायिकाहरु उपासना सिंह ठकुरी, श्रृष्टि श्रेष्ठ, प्रदर्शक नकिम उद्धिन, गायक गायिकाहरु इन्दिरा जोशी, सत्यराज आचार्य, स्वरुपराज आचार्यलगायतका ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
प्रिमियरलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले चलचित्र ‘शाम्बाला’ले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा व्यक्त गरे । यस्तै बलिउड अभिनेता सिद्धिकीले आफूले पहिलो पटक नेपाल भ्रमण गरेको बताए । उनले विशेष रूपमा ‘शाम्बाला’ हेर्ने इच्छाले नेपाल आएको भन्दै, नेपाली चलचित्रले आफूलाई आकर्षित गरेको जनाए । उनले मीनबहादुर भाम जस्ता उदीयमान निर्देशकहररुले नेपाली चलचित्रको भविष्य उज्ज्वल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । यस्तै, निर्देशक कश्यपले नेपाली चलचित्र क्षेत्रको प्रगतिप्रति प्रशंसा गर्दै, आगामी दिनमा यस क्षेत्रले अझ ठुलो फड्को मार्ने विश्वास व्यक्त गरे।
‘शाम्बाला’को वर्ल्ड प्रिमियर बर्लिन् फिल्म फेस्टिभलमा गरिएको थियो । नेपाली र तिब्बती भाषाको मिश्रण रहेको चलचित्रमा नेपाल रिलिजको लागि अङ्ग्रेजी र नेपाली सबटाइटल समावेश गरिएका छन् । यो चलचित्र सोसल ड्रामा, एड्भेन्चर र म्याजिक रियालिजमको मिश्रण जनरामा आधारित छ ।
चलचित्रमा हिमाली भेगकी गर्भवती महिलाले व्यापारका लागि ल्हासातिर हराएका श्रीमान् खोज्दाको कथा समेटिएको छ। चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य, टेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, लोटेन नामलिङ, जङ्गबहादुर लामा, छिरिङ छोडेन, छिरिङ ल्हामो गुरुङ, र छिरिङ छोएब्ले टोवा लगायतका लगायतको अभिनय रहेको छ। बिशेष भूमिकामा प्रसिद्ध गायिका आनी छोइङ डोल्माको पनि अभिनय रहेको छ । प्रिमियरमा निर्देशक मीनबहादुर भामसहित आनी र सम्पूर्ण कास्ट एन्ड क्रू सहभागी थिए ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
