‘ऐरी’मा भुटानी अभिनेता सांगे अनुबन्धित

चलचित्र ‘ऐरी’मा भुटानी अभिनेता सांगे सेल्ट्रिम अनुबन्धित भएका छन् । जीवन थापाको निर्देशन रहने चलचित्रका लागि उनले बुधबार कागजी सम्झौता गरेका छन् । चलचित्र खेल्ने विषयमा लिखित सम्झौता गर्न उनी मंगलबार काठमाडौं आएका थिए । बिहीबार बिहानै सांगे स्वदेश फर्किसकेका छन् ।
अभिनेता सांगेले चलचित्रको कथावस्तुले आफूलाई आकर्षित गरेका कारण काम गर्न राजी भएको प्रतिक्रिया दिएका छन् । उनले यो चलचित्रमा आफ्नो उपस्थितिले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाइँमा लैजान सहयोग पुग्ने विश्वास लिए । भुटानी चलचित्र ‘सिंग्ये’बाट डेब्यु गरेका सांगेले बलिउड चलचित्र ‘राधे’र ‘जवान’मा काम गरेका छन् ।
चलचित्रको शिर्ष भुमिकामा यसअघि नै अभिनेता प्रदीप खड्का अनुबन्धित भइसकेका छन् । हिन्दी, नेपाली, अंग्रेजी र तमिल गरी चार भाषामा बन्न लागेको चलचित्रको यतिबेला प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi