सलमान खान नेपाल आउने
बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। वैशाख ३ गते काठमाडौंको दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । ओडीसी इन्टरटेनमेन्टले सलमान सहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलीन फर्नान्डिज, निर्देशन तथा कोरियोग्राफर प्रभु देवा, मनिष पौललगायतलाई नेपाल ल्याउन लागेको हो ।
ओडीसी इन्टरटेनमेन्टका प्रमुख सीमान्त गुरुङले नेपाल आउने कलाकारलाई सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र समेत लिएका छन् ।
यसअघि २०७४ फागुन २६ गते ‘दबंगस् द सलमान खान लाइभ इन नेपाल’ कार्यक्रममा सलमान सहितका कलाकार सहभागी हुने जनाइए पनि सुरक्षाका कारण भन्दै कार्यक्रम स्थगित भएको थियो । सोही सम्झौताअनुसार अब भने सलमान आउन लागेको बुझिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
