तेलुगु अभिनेता जयाप्रकाश रेड्डीको निधन
तेलुगु चलचित्रका प्रख्यात अभिनेता जयाप्रकाश रेड्डीको मंगलबार हृदयघातका कारण निधन भएको छ । उनको ७४ वर्षको उमेरमा आन्द्र प्रदेशको गुंटुरमा रहेको घरमा निधन भएको हो ।
सानै उमेरदेखि अभिनयमा होमिएका उनको पहिलो फिल्म ‘ब्रह्म पुत्रुदु’ थियो । प्रायः नेगेटिभ र कमेडी भूमिकामा देखिएका उनका लागि चलचित्र ‘समरसिम्हा रेड्डी’ उनको करिअरको टर्निङ पोइन्ट सावित भयो । यसबाट भिलेनको रुपमा उनलाई पहिचान मिलेको थियो । उनले ‘नरसिम्हा नायडू’, ‘आनन्दम’, ‘कबड्डी कबड्डी’, ‘चिन्ना’, ‘किङ’ लगायतका चलचित्रमा काम गरेका छन् ।
उनको निधनले तमिल र तेलुगूमा शोक छाएको छ । आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री एन चन्द्रबाबू नायडूसँगै तेलुगू चलचित्रकर्मीले जय प्रकाश रेड्डीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
रेड्डी पछिल्लो पटक चलचित्र ‘सरिलेरु नीकेवरु’ मा देखिएका थिए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
