निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरहीको निधन, यस्तो छ उनको चलचित्र यात्रा

चलचित्र निर्माता, निर्देशक, लेखक तथा गीतकार गगन विरहीको निधन भएको छ ।
गम्भिररुपमा अस्वस्थ भई नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत् बिरहीको सोमबार दिउसो निधन भएको हो ।
२ वर्षअगाडि कलेजोको समस्या बेहोरी स्वास्थ्य उपचारपश्चात सामान्य अवस्थामा फर्किएका उनलाई अचानक रुखा खोकी लागी ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । बिरही पत्नीलाई उदृत गर्दै पत्रकार बिदुर गिरीले दिएको जानकारी अनुसार स्वास्थ्य परिक्षणका क्रममा निमोनिया भएको पाइएको र मृगौलामासमेत असर परेको देखिएको थियो ।
६१ वर्षिय विरही गीत लेखन, साहित्य सिर्जनादेखि चलचित्र लेखन, निर्माण र निर्देशनमा संलग्न थिए ।
सन् १९९३ को चलचित्र संकल्पबाट उनले यो क्षेत्रमा आफ्नो पाइला राखेका थिए । उक्त चलचित्रमा गीतकार तथा प्रस्तुतकर्ता रहेका बिरहीले सन् १९९३ कै चलचित्र भाउजु र सन् १९९४ को चलचित्र ट्रक ड्राइभरमा गीत लेखेका थिए । उनी सन् १९९४ को चलचित्र बादलका गीतकार तथा प्रस्तुतकर्ता समेत हुन ।बिरहीले ४ वटा चलचित्रको निर्देशन समेत गरेका छन् । उनले सन् १९९४ को चलचित्र झझल्कोमा कथा लेख्नुका साथै निर्देशन, १९९७ को चलचित्र मितेरी गाऊँको कथा लेख्नुका साथै निर्माण, निर्देशन, सन् १९९९ को चलचित्र शिखरको निर्माण, निर्देशन र सन् २००२ को चलचित्र घरआँगनको लेखनका साथै निर्देशन गरेका थिए ।
विरही चलचित्रमा भन्दा साहित्यमा बढी सफल र स्थापित थिए । कविता र गीत लेखनमा चर्चित बिरहीले नेपाल टेलिभिजनमा समाचारबाचकका रुपमासमेत काम गरेका थिए ।
बिरहीका झण्डै ६ दर्जन साहित्यीक कृतिहरु समेत प्रकाशित भएको बताइएको छ । उनको इच्छा बमोजिम अन्तिम कृति हस्ताक्षरको आजै बिमोचन समेत गरिएको छ ।
आफ्नो निधन अघि हस्ताक्षरको बिमोचन गर्ने उनको इच्छा बमोजिम मृत घोषणा गर्नु अघि अस्पताल बाट नै उनको कृति सार्वजनिक गरिएको हो । यो कृति कविताको संग्रह हो ।
विरहीका श्रीमति, एक छोरा र छोरी रहेका छन् । छोरा अष्ट्रेलियामा छन् भने अमेरिका रहँदै आएकी छोरी आज मात्र नेपाल आइपुगेकी छिन ।
बिरहीसँग केही चलचित्रमा सँगै काम गरेका कलाकार तथा निर्देशक कृष्ण मल्लका अनुसार उनी झण्डै १५ वर्ष अमेरिका बसेर नेपाल फर्केका थिए । नेपाल फर्के लगत्तै अस्वस्थ भएका कारण उनी चलचित्र सक्रिय हुन भने सकेनन् । मिलनसार स्वभावका बिरही कोमल मनका सहयोगी व्यक्ति थिए । उनको कमजोरी भनेको मदिरा र धुम्रपान सेवन थियो । अत्याधिक ध्रुमपान र मदिरापानका कारण नै उनमा कलेजोको समस्या आएको हुन सक्ने मल्लले बताएका छन् ।
बिरहीको बारेमा बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal