Mahajatra

गायक तथा संगीतकार बप्पी लहिरीको निधन

२०७८ फागुन ४
गायक तथा संगीतकार बप्पी लहिरीको निधन

भारतिय गायक तथा संगीतकार बप्पी लहिरीको निधन भएको छ । लहिरीको उपचारको क्रममा मुम्बईको  क्रिटी केयर अस्पतालमा ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको थियो । यद्यपी डिस्चार्जको केही समयमा नै उनलाई पुनः अस्पताल लगिएको थियो ।

लहिरी बलिउड चलचित्रमा डिस्को थिमका गीत सृजनामा अब्बल मानिन्थे । उनका  ‘चलते चलते’, ‘डिस्को डान्सर’ गीत हिट छन् । पछिल्लो पटक सन् २०२० मा चलचित्र बागी–३ को गीतका उनले संगीत दिएका थिए । उनले केही नेपाली गीत पनि गाएका छन् ।

लहिरीको जन्म सन् १९५२ को २७ नोभेम्बरमा पश्चिम बंगालको जलपाइगुडीमा भएको थियो।