रेखा थापा भन्छिन – ‘पुरुषलाई पनि पीडा छ’

नायिका रेखा थापाले पुरुषलाई पनि पीडा रहेको उल्लेख छिन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिदै रेखाले यस्तो जनाएकी हुन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुमा स्टाटस् लेख्दै रेखाले पुरुषको पीडा कम गर्न योद्धा छोरी जन्मिनुपर्ने मान्यता आफुमा भएको बताएकी छिन । उनले नारी पुरुषको बिरुद्ध हुन नहुने तर्क पनि गरेकी छिन ।
रेखाले कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्ने भन्दै सामाजिक सञ्जालमा लेख्छिन – ‘पुरुषको विरुद्ध होइन, पुरुषलाई पनि पीडा छ । पुरुषहरूले पाएको दुःख घटाउन त्यो घरभित्र एउटा योद्धा छोरी जन्मिनुपर्छ भन्ने मान्दछु । कमजोर महिलाको पती, बुवा, भाइ वा प्रेमी सबै कमजोर बन्न पुग्दछन् । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।’
आज विश्वभर ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदैछ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi