‘प्रेम दिवस’को अवसर पारेर ‘रङ्गी’ र ‘दुःखी आत्मा’ प्रदर्शनमा
‘प्रेम दिवस’को अवसर पारेर आजबाट दुई नेपाली चलचित्र ‘रङ्गी’ र ‘दुःखी आत्मा’ प्रदर्शनमा आएका छन् । फरक फरक विषयका यि चलचित्रले बजारलाई चलचित्रमय बनाउने अपेक्षा गरिएको छ ।
कुरा शुरु चलचित्र ‘रङ्गी’बाट गरौं । बाबु–छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्ने यो चलचित्रलाई अभिनेता सलोन बस्नेतले निर्माण गरेका हुन् ।
एकल बाबुले आफ्नो सन्तानलाई हुर्काउन गरेको सङ्घर्ष र मिहिनेतको कथा भनेको चलचित्रमा अभिनेता सलोनले बाबुको भूमिका र बाल कलाकार आयुषी ढकालले छोरीको भूमिका निर्वाह गरेका छन् । सुरेश न्यौपानेको निर्देशन रहेको चलचित्रमा नम्रता श्रेष्ठ, दिलिप रायमाझीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
त्यस्तै, दीपेन्द्र लामाद्वारा निर्देशित ‘दुःखी आत्मा’लाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यौन दुर्बलताको विषयलाई उठाएको चलचिमा दयाहाङ राई, आँचल शर्मा, अनुप बिक्रम शाही लगायतका कलाकारको अभिनय रहेकमे छ । चलचित्रले प्रिमियरमा सुखद प्रतिक्रिया पाएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


