‘दुखी आत्मा’को प्रिमियर सम्पन्न
रिलिजको पूर्वसन्ध्यामा चलचित्र ‘दुखी आत्मा’को प्रिमियर सम्पन्न भएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रिमियरमा चलचित्रकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो ।
प्रिमियरमा निर्देशक नविन सुब्बा, ज्ञानेन्द्र देउजा, सुयोग गुरुङ, दीपाश्री निरौला, कलाकार उषा रजग, कथा वाचक साइग्रेस पोखरेल, मोडल उषा उप्रेती लगायतले चलचित्र हरेर सुखद प्रतिक्रिया दिएका छन् ।
प्रिमियरमा चलचित्रको कथावस्तुलाई लिएर धेरैले निर्देशकको तारिफ गरेका छन् । चुनौतिपूर्ण विषया चलचित्र बनाएको प्रतिक्रिया चलचित्रकर्मीको छ । चलचित्रले इरेक्टाइल डिसफङ्सन रोग लागेका व्यक्तिहरूको कथालाई प्रस्तुत गर्छ ।
हिमाल कडरियाको निर्माण तथा सुदिप ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, पुस्कर गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारहरूको अभिनय छ । प्रेम दिवसको अवसर पारेर चलचित्र आजबाट प्रदर्शनमा आएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
