चलचित्र ‘प्रेम संसार’को गीत सार्बजनिक

चलचित्र ‘प्रेम संसार’को गीत सार्बजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द र संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर र राम गौतमको कोरियोग्राफी रहेको छ ।
चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यम बहादुर बिक, बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगायतका कलाकारको अभिनय रहेको छ । सार्वजनिक गीतमा प्रेम र आयुष्मालाई फिचर्ड गरिएको छ ।
सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रका निर्माता प्रेम बहादुर सुनार (गहतराज) हुन् भने उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, प्रेम बहादुर सुनारको कथा लेखन, शंखर महर्जनको द्वन्द्व, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ । मंसिर १३ गरेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi