Mansara

प्रदीप शाहीको चलचित्रमा प्रदीप खड्का

२०८० फागुन २७
प्रदीप शाहीको चलचित्रमा प्रदीप खड्का

लामो समय देखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्न लागेको अनटाइटल चलचित्रमा अभिनेता प्रदीप खड्का फाइनल भएका छन् ।

शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहने छ। पछिल्लो समयका व्यस्त र लोकप्रिय अभिनेता प्रदीप खड्काको बर्थ डेको अवसर पारेर हिजो शनिवार निर्माण टिम र खड्का बिच सम्झौता भएको हो ।

चलचित्रको कथा निर्देशक शाहीले नै लेखेका हुन्। साइ–फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुने चलचित्रको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले बताए । चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको निर्देशक शाहीले जानकारी दिए ।