चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा माया, यौन, धोका र अपराधको कथालाई केन्द्रमा राखिएको छ ।
आगामी १५ गतेबाट प्रदर्शनमा आउने इरोटिक थ्रिलर चलचित्रमा परपुरुष र परस्त्रीसँगको सम्बन्धले निम्त्याउने परिस्थितिलाई देखाइएको छ । चलचित्रका मुख्यकलाकार शिल्पा मास्के, कोशिस क्षेत्री र गौरव विष्टको वरिपरि नै ट्रेलर घुमेको छ । ट्रेलरमा शिल्पाका केही ‘बोल्ड सिन’ छन्, जसले दर्शकलाई ‘सरप्राइज’ बनाउन सक्छ । ट्रेलर रिलिज कार्यक्रममा उनले चलचित्रमा निर्वाह गरेको भूमिका आफ्नो लागि चुनौतीपूर्ण रहेको बताइन् । ‘म फरक भूमिका निर्वाह गर्न रुचाउँछु । तर, यो चलचित्रको भूमिका एकदमै चुनौतीपूर्ण थियो । स्क्रिप्ट पढेपछि काम गर्न सक्छु र भन्ने समेत लागेको थियो । यद्यपि, प्रयास गरेकी छु,’ शिल्पाले बताइन् ।
नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा समेत प्रदर्शन हुन लागेको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । शर्मिला पाण्डे र दिपेन्द्र के खनालले निर्माण गरेको चलचित्रमा खनालकै लेखन, निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन रहेको छ ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal