अनामिकाको 'ओई माया ओई' सार्वजनिक

छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा मोडल कलाकार श्रीदेव भट्टराई र मोडल तथा कलाकार अनामीका चौलागाई फिचरीङ छन् । त्यस्तै बालकलाकारका रुपमा परिषा थापा र रोनीश खड्का रहेका छन् ।
बरिष्ठ गीतकार एबम् संचारकर्मी शान्तिप्रियको शब्द रहेको “ओई माया ओई”लाई स्थापित संगीतकार दीपक शर्माले संगीत दिएका छन् । गायकका रुपमा सवीन सुवेदी छन् भने पहिलो पटक मोडल कलाकार अनामीका चौलागाईले यस गीतमा आफ्नो गायनकला पस्तुत गरेकी छन् । भने यस गीतलाई रेकर्डीङ, मिक्सीङ तथा मास्टरिङ एसएमएस स्टुडीयोमा मनोज परियारले गरेका छन् ।
म्युजिक भिडियोको निर्देशक सियोन श्रेष्ठले गरेका हुन् भने गीतको कोरियोग्राफी सन्जीवनी गोपालीको रहेको छ । दिनेश पराजुलीले यस म्युजिक भिडियो छायाङकन गरेका छन् । भिडियोलाई शिलान लम्सालले कलर र सम्पादनको काम गरेका छन् । यस भिडियोको ब्यवस्थापनको जिम्मा दीपक थापाको रहेको थियो ।
गीत तथा म्यूजिक भिडियोलाई सिसि नेपालको यूटुयूब च्यानल मार्फत सार्वजनिक गरिएको छ । बालापन देखि युवा अवस्था सम्मको प्रेमलाई उजागर गर्दै गीत लेखिएको गीतकार शान्तिप्रियले बताए ।
Latest Updates
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal