लम्जुङ्गकको भुजुङ्ग गाउँमा ‘नम्बरी सुन’को छायाँकन
चलचित्र ‘नम्बरी सुन’को ९० प्रतिशत छायाँकन सकिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको छायाँकन यतिबेला लम्जुङ्गकको भुजुङ्ग गाउँमा चलिरहेको छ ।
निर्माण टिमका अनुसार गुरुङ भाषाको धेरै चलचित्रहरु छायाँकन भएको यो स्थानमा नेपाली भाषाको चलचित्र छायांकन भएको पहिलो हो । ७० बर्ष पुरानो कथा भएकाले पनि लम्जुङ्गको भुजुङ्ग गाउँमै छायाँकन गर्नु परेको चलचित्रका कथाकार तथा प्रस्तुतकर्ता नारायण खातीले बताएका छन् । निर्देशक गिरी चलचित्रको कथाले नै पौराणीक गाउँ खोजेकाले पनि उक्त स्थान खोज्दै जाँदा भुजुङ्ग गाउँ पुगिएको दाबी गर्छन ।
नारायण खातीको कथा तथा प्रस्तुती रहेको चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृती ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मण विक्रम बस्नेत, माया श्रेष्ठ, हिरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, अनिता गिरी, मिठु मारकेन राजेन्द्र गिरी र आशा भारतीलगायतका कलाकारहरुको अभिनय रहनेछ ।
सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको चलचित्रलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।
चलचित्रमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जिबन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छन् । चलचित्रमा अभिनेता तथा निर्माता किरण नेपालीले भिलेनको भुमिका निर्वाह गरेका छन् ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
